जेसीज सप्ताहमा मानव सेवा आश्रमका वृद्धवृद्धालाई खाना

एटुजेड समाचार

चितवन – नारायणगढ जेसीजले मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।

जेसीज सप्ताह २०२२ अन्तर्गत आज (आइतबार) मानव सेवा आश्रम चितवनमा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाएको हो । आश्रमका वृद्धवृद्धाहरुलाई बिहानको एक छाक खाना खुवाईएको जेसीज सप्ताहका मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष झै यस वर्ष पनि जेसीजले मानव सेवा आश्रम र त्यहाँ आश्रित वृद्धवृद्धाहरुलाई सम्झिएको श्रेष्ठको भनाइ छ । खाना खुवाउने कार्यक्रमको प्रमुख अतिथिमा किराना व्यवसायी संघका पूर्वाध्यक्ष एवं समाजसेवी उमाशंकर अग्रवाल रहेका थिए ।

कार्यक्रममा छिमेकी शाखा व्यासनगर जेसीजका अध्यक्ष कृष्ण सुनार, मानव सेवा आश्रमकी प्रदेश सदस्य निता केसी र कार्यक्रम संयोजक प्रवेश ढकाललगायत पनि उपस्थित थिए । कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

जेसीज सप्ताहको अवसरमा नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गरिरहेको छ । भोलि ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु