कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीले लिए सपथ

एटुजेड समाचार

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेशका प्रमुख तिलक परियारसमक्ष आइतबार मन्त्री शाहीले पदको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । त्यसपछि शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू