हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस् : ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए ।

‘म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’ त्यस्तै उनले सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए ।

‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले आफु प्रधानमन्त्री हुँदा देशमा कहिल्यै पैसा छैन भनेको सुन्नुभएको छ भन्दै युवाहरुलाई प्रश्न गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु