चितवन – जनैपुर्णिमा तथा रक्षा बन्धनको अवसरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा जनैपूर्णिमा पर्व मनाइएको छ । नेपालीहरूको चाड जनै पूर्णिमा पर्व ,रक्षा बन्धन, गाईजात्राको अवसर पारेर शिक्षालयमा रक्षाबन्धन तथा शुभकामना आदानप्रदान गरिएको हो।
शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा यस शिक्षालयको परिसरभित्र रहेको दुर्गा मन्दिरमा राखी बाध्ने कार्यक्रम गरिएको थियो ।
सो अवसरमा डिआईजीपी भण्डारी मानव जिवनमा सकारात्मक सोचको विकास गर्न तथा तनावलाई प्रभावकारी रूपमा व्यवस्था गर्न यो कार्यक्रम गरिएको बताए । जीवनलाई सफल बनाउनका लागि आफूलाई सदैव सत्कर्मतर्फ प्रेरित रहिरहन निर्देशन दिंँदै उनले सहभागी सबैलाई जनै पूर्णिमा, रक्षा बन्धन तथा गाईजात्राको शुभकामना दिए ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणघाट र बसेनी, भरतपुरसँगको समन्वयमा शिक्षालयमा कार्यरत प्रहरी कर्मचारी र प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई रक्षा बन्धन तथा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले र ब्रह्माकुमारी रीताले प्रवचन तथा शुभकामना सन्देश दिएका थिए । कार्यक्रममा १हजार एकसय जना प्रहरीको उपस्थिति रहेको थियो ।