‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर सार्वजनिक (भिडियोसहित)

एटुजेड समाचार

चितवन – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरमा द्वन्द्वलाई प्राथमिकता दिएको छ ।

टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ । टिजरमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रकाे ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेन​ले जानकारी दिए । ट्रेलरले राम्रो प्रतिक्र्या पाईरहेको छ । पाँच दिनपछि ट्रेलर सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू