चितवन – चितवनमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाभर ६८ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना देखिएको हो । ५५ जनाको पिसिआर परीक्षण गर्दा १२ तथा १३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यससँगै कोरोनाको सक्रिय संक्रमित संख्या एक सय पुगेको छ । जस मध्ये ९३ जना होम आइसोलेसनमा छन् भने सात जनाको अस्पतालमा उपचार भइरहेको छ ।
कार्यालयका अनुसार सोही अवधिमा १६ जना कोरोनामुक्त भएका छन् । जिल्लाभर अहिलेसम्म ३३ हजार ८४० जनामा कोरोना पुष्टि भइसकेको छ । जस मध्ये ३३ हजार २९० जना निको भएका छन् । कोरोनाबाट हालसम्म चार सय ५० जनाको ज्यान गएको छ ।