चितवन – चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका ६ प्यारीढापकी ८२ वर्षीया फुलमाया राई रहेकी छन् ।
राईलाई आज (शुक्रबार) बिहान ९ बजेर प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको छ । प्यारीढापमा मोटरसाइकलले ठक्कर दिएको राईको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय भण्डारको नियन्त्रणमा रहेका छन् ।