भरतपुरमा हिमालयन आमा एग्रो प्रा.लि सन्चालनमा, उपप्रमुख अधिकारीले गरे उद्घाटन
भरतपुर – भरतपुर ७ कृष्णपुरमा रहेको अर्गानिक खाद्य सामाग्रीको बिक्री केन्द्र हिमालयन आमा एग्रो प्रा.लि बिहीबार बाट सन्चालनमा आएको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले बिहिवार एक भब्य कार्यक्रमका बिच प्रा.लि को उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले रासायनिक विषादीको प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्राङ्गारिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।
प्राङ्गारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग गर्न नहुने भन्दै उपप्रमुख अधिकारीले रासायनिक खेती भन्दा केहि मिटर टाढा हुनु पर्ने स्पष्ट पार्नुभयो। जसका लागि सबै सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले क्षेत्र गत रुपमै उत्पादनको पकेट क्षेत्र र प्राङगारिक पकेट क्षेत्रलाई छुट्टाउनु पर्नेमा पनि विशेष जोड दिनुभयो । भरतपुर महानगरको ८० प्रतिशत भु-भाग कृषि क्षेत्रले ओगटेको र त्यो काचो भु-भागलाइ खेती योग्य भु-भागको रुपमा परिवर्तन गर्नु अति नै आबस्यक रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजना गाउँ मुखी नभई शहर मुखी भएकोमा उप प्रमुखले चिन्ता समेत प्रकट गर्नुभयो । उहाँले भरतपुर महानगर कृषक र कृषी क्षेत्रको साथमा रहेको पनि बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले कृषिमा आफ्नो वडा सहयोग गर्न सदैब तयार रहेको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिक परियोजना चितवनका प्रमुख धन बहादुर थापाले अर्गानिक खेती गर्छु भन्ने कृषकहरुका लागि परियोजना सधै साथमा नै रहेको प्रष्ट पार्नुभयो ।
जिल्लामा प्राङ्गारिक खेतीबारे व्यापकता दिनुपर्ने र सबैको सरोकारको विषय बनाइनुपर्ने कृषी ज्ञान केन्द्र चितवनका कृषी अधिकृत मीन बहादुर पुनले जानकारी दिनुभयो ।
प्राङ्गारिक खेती विस्तार गर्न सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको भरतपुर महानगरका कृषि शाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले बताउनुभयो । पौडेलले बिसादी न्यूनीकरण गर्न बिबिध कार्यक्रमहरु महानगरले सन्चालन गरिरहेको पनि बताउनुभयो ।
हिमालयन आमा एग्रो प्रा.लि को यो चौथो बिक्री केन्द्र हो । यस अघि प्रा.लिले भरतपुर १० मा हाम्रो अर्गानिक कृषि घर, डोको नाम्लो र कृष्णपुरमै डोको नाम्लोको दोस्रो बिक्री केन्द्र खुलिसकेको छ ।
प्रा.लिले हाल २ सय ७५ बिगाहा जमिनमा विभिन्न खेती गर्दै आइरहेको छ । आगामी दिनमा प्राली ले चितवनमा २५ स्थानमा र देशै भरी १ सय १० ठाउमा बिक्री केन्द्र खोल्ने योजना बनाएको छ ।
तपाइँको प्रतिक्रिया