चितवनमा नारायणी नदीले बगाएर भाले गैंडाको मृत्यु
चितवन – नारायणी नदीले बगाएर गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।
भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।
मृत २५ वर्षको भाले गैंडाको खाग र खुर भने सुरक्षित छन् ।
तपाइँको प्रतिक्रिया