नारायणगढ जेसीजको वक्तृत्वकलामा अरोमाकी प्रदिप्ती प्रथम
चितवन – नारायणगढ जेसीजको ‘जेसिज सप्ताह २०२२’ अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जेसीज सप्ताहको दोस्रो दिन आज (बुधबार) वक्तृत्वकला प्रतियोगिता भएको हो ।
वक्तृत्वकलामा अरोमा कलेजकी प्रदिप्ती कंडेल प्रथम भईन् । यस्तै एसओएसकी श्रेया सुवेदी दोस्रो भईन् भने अर्किड साइन्स कलेजकी आकृती सापकोटाले तेस्रो स्थान हासिल गरिन् । वक्तृत्वकलाको निर्णायकहरुमा नारायणगढ जेसीजका पूर्वाध्यक्ष तथा सप्तगण्डकी बहुमुखि कलेजका प्राध्यापक अनोज जोशी र बालकुमारी कलेजकी प्राध्यापक शारदा खनाल रहेका थिए ।
नारायणगढ जेसीजले साउन २४ गतेदेखि जेसीज सप्ताह मनाईरहेको छ । जस अन्तर्गत २४ गते उद्घाटन तथा चेतना जागरण कार्यक्रम भएको हो । २६ गते कुरिनटारस्थित जेसीज गाउँमा शैक्षिक सामाग्री वितरण, २७ गते पत्रकार र जेसीजबीच मैत्रीपूर्ण फुटसल, २८ गते बैंकिङ तथा कर सम्बन्धी तालिम र २९ गते मानव सेवा आश्रममा वृद्धवृद्धालाई खान खुवाउने कार्यक्रम रहेको मूल संयोजक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन हुने श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया