अनिल परियारको हत्यामा संलग्न दुई जना पुर्पक्षको लागि थुनामा, एक धरौटीमा छुटे
चितवन – अनिल परियार (कान) को हत्याका आरोपित दुई अभियुक्त पुर्पक्षको लागि थुनामा, अर्का धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतले आज (बुधबार) भरतपुर- १२ का २८ वर्षीय अनिल परियार (कान)को हत्याको आरोपमा दुई जना अभियुक्तहरुलाई पुर्पक्षको लागि थुनामा पठाएको र अर्का अभियुक्तलाई धरौटीमा रिहा गरेको हो ।
अदालतले विश्व भन्ने हेमन्त वास्तोला र राहुल परियार भन्ने सुनिल राउत पुर्पक्षको लागि थुनामा पठाएको छ भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा गरेको छ।
घटना भएको एक महिनापछि जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । अजय सिंह भन्ने अशोक भण्डारी, तिलक गैरे र सुशान्त उप्रेती ३ जना अझै फरार छन् । मृतकको दाइ सागर परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।
भरतपुर–७ स्थित कृष्णपुर खेल मैदाननजिकै २०७९ वैशाख २५ गते साँझ ७. ३० बजेको समयमा अज्ञात समूहले परियारको हतियार प्रयोग गरी हत्या भएको थियो ।
तपाइँको प्रतिक्रिया