चितवनमा आज १३ जनामा कोरोना संक्रमण
चितवन – चितवनमा पछील्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार ४८ जनामा पीसीआर र तीन जनामा एन्टिजेन परीक्षण गर्डा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
योसँगै चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ जना पुगेको छ । जसमध्ये चार जना अस्पतालको आइसोलेसनमा छन् भने ७९ जना घरमा आइसोलेसनमा रहेका छन् ।
तपाइँको प्रतिक्रिया