आज ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो चौबीस घण्टामा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२६ जना र २ हजार ७७० एन्टिजेन परीक्षणका क्रममा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ ।
चौबीस घण्टामा ४४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



तपाइँको प्रतिक्रिया