चित्रवन सहकारी संस्थाको वार्षिक समिक्षा बैठक सम्पन्न

भरतपुर – हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनको आर्थिक बर्ष २०७८-०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रगती समीक्षा सगैं आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।
आगामी नीति तथा कार्यक्रममा संस्थाले आगामी वर्ष वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्वन्धी कार्यक्रम, सामुदायिक उत्तरदायीत्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको बिकास र प्रयोग सम्बन्धि व्यवस्था लगायतका बिषय समेटीएको उँहाले बताउनु भयो ।



बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आ.व.को प्रगति समीक्षा संगै आ.व. २०७९।०८० को लागी १ अर्व ४० करोड ७८ लाख ७३ हजार को कुल पुजी सहित ५ करोड ३१ लाख ४० हजार मुनाफा पु¥याउने प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।
र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आवमा सामाजिक लेखा परीक्षणको कार्य भइरहेको हुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरीकरण कार्यक्रम अन्तरगत एक्सेस कार्यक्रमको समेत अडिट गर्ने बताए ।
साथै संस्थाले ए.टि.एम. सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको, मोवाईल एप्स,क्यूआर कोड संचालनमा आएको जानकारी गराउदै चालु आर्थिक बर्षको लागी संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने घोषणा गर्नु भएको छ ।
तपाइँको प्रतिक्रिया