भारत जाने चितवनका क्रिकेट खेलाडीको विदाई

चितवन – खेलसँगै प्रशिक्षणका लागि भारतको राजस्थान जाने चितवनका क्रिकेट खेलाडीहरुलाई विदाई गरिएको छ ।
आज (बिहीबार) एक कार्यक्रमका बीच उनीहरुलाई विदाई गरिएको हो । भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारी, ओसियाना एजुकेसन एण्ड भिसा सर्भिस नारायणगढका प्रवन्ध निर्देशक डा. चन्द्रबाहदुर अधिकारीलगायतले उनीहरुलाई विदाई गरेका हुन् ।
ओसियानाका प्रवन्ध निर्देशक अधिकारीले चितवनको क्रिकेट बिकासमा सधैं सहकार्य गर्ने बताए । उनले चितवनसँगै नेपालको क्रिकेटमा बिकासतर्फ उन्मुख हुँदै गएको भन्दै खुशी व्यक्त गरे । उनले खेलाडीहरुको भारत यात्राको सफलताको कामना पनि गरे ।



ओसियानाले खेलाडीहरुलाई यात्रा खर्च र ट्राभल जर्सी समेत सहयोग गरेको थियो । खेलाडीहरुले राजस्थानमा दुई एक दिवसिय र तीन टी २० क्रिकेट खेल्ने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अधिकारीले बताए । खेलाडीहरुले रन्जी ट्रफीका प्रशिक्षकहरुबाट प्रशिक्षण लिने हुने धेरै सिक्ने अवसर मिल्ने अधिकारीको भनाइ थियो ।
उनले सहयोगका लागि ओसियानालाई धन्यवाद पनि व्यक्त गरे । उनले आगामी दिनमा पनि यसरी नै सहयोग आदान प्रदान गर्दै क्रिकेटको बिकासमा एकजुट हुनुपर्ने बताए । चितवनका कप्तान दिपेश श्रेष्ठले यस्ता सहयोगले खेलाडीलाई सधैं उत्प्रेरणा मिल्ने बताए । उनले भारतको यात्रालाई सदुपयोग गर्दै धेरै भन्दा धेरै सिकेर फर्किने विश्वास व्यक्त गरे । उनीहरु शनिबार भारततर्फ प्रस्थान गर्ने तालिका छ ।
को को छन् भारत जाने टिममा ?
दिपेश श्रेष्ठ
बाबुराम भट्टराई
कृजन गुरुङ
उत्सव श्रेष्ठ
विकलकुमार गुप्ता
सागर लामिछाने
प्रसोद क्षेत्री
गौतम केसी
हेमराज पौडेल
कमल थापा
धुर्व सुवेदी
आकश त्रिपाठी
रोशन झा
तपाइँको प्रतिक्रिया