नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने दाबी गरेका छन् । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे ६ महिनामा आत्मनिर्भर बन्न सकिने बताएका हुन् ।नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरिरहेको भन्दै किसान संघहरूले उत्पादनमा जोड दिनुपर्ने बताए ।उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए । मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए ।
“सबै युवादेखि वृद्धासम्म कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंका लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठुलो प्रगति गर्नसक्छौँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ,” उनले भने ।
तपाइँको प्रतिक्रिया