लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा ज्ञवाली

चितवन – लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन भएका छन् । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा यमबहादुर गुरुङ र कोषाध्यक्षमा कमल घिमिरे चयन भएका छन् ।
यसैगरी क्लब मेम्बरसिप चेयरपर्सनमा बाबुराम ढकाल, क्लब एलसिआईएफ कोअर्डिनेटरमा शिरिष पन्त, क्लब सर्भिस चेयर पर्सनमा बिष्णु अधिकारी, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा होमनाथ न्यौपाने रहेका छन् ।
क्लब डाईरेक्टरहरुमा जेतेन्द्र खड्का, राधेश्याम खतिवडा, सुशील घिमिरे र सदस्यमा ऋषिराम न्यौपाने, डा.रमेश घिमिरे, नुरदेवप्रसाद कँडेल रहेका छन् ।क्लबको एक समारोहबीच हिजो शुक्रबार पदहस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष तिलकराम रिमालले वर्ष २०२२/०२३ का अध्यक्ष ज्ञवालीलाई पद हस्तान्तरण गरेका हुन् ।
सो समारोहमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) नारायण अधिकारीले क्लबलाई सामाजिक सेवामा थप क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए । पूर्व अध्यक्ष अर्जुन अर्यालले क्लब मार्फत् सामाजिक क्षेत्रमा क्रियाशील रहँदा खुशी लागेको बताउँदै लायन्स सदस्यहरुको संख्या बढाउँदै जानुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले यस वर्ष कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण, आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम लगायतका सामाजिक तथा मानवीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लबमा पत्रकार, चिकित्सक, बैंकर, शिक्षक–प्राध्यापक, राजनीतिज्ञ, अडिर्टर, ईञ्जिनियर लगायतका पेशामा आवद्धहरु छन् ।
तपाइँको प्रतिक्रिया