नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । आज (शनिबार) बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप(नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।
पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । उनी २०५१ मा भर्ना भएका प्रहरी अधिकृत हुन् । उनीसँगै भर्ना भएका अर्का दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपीमा उक्त ब्याचका उनीहरू दुईजनामात्रै बाँकी थिए । उनीहरू दुबैजना आईजीपीको दौडमा रहनेछैनन् ।
यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उनको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो । यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।
तपाइँको प्रतिक्रिया