सुर्खेत – राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो । यस्तै यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।



अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।
यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ ।
राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैरराउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए । युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।