चितवन – नेपाली कांग्रेस चितवनले सल्लाहकार समिति मनोनित गरेको छ । कांग्रेस चितवनले बिहीबार ५२ सदस्यलाई सल्लाहकार समितिमा मनोनित गरेको हो ।
जिल्ला कार्यसमितिको २० गते बसेको बैठकको निर्णय अनुसार नै सल्लाहकार समितिको मनोनित गरिएको सभापति राजेश्वर खनालले जानकारी दिए । समितिमा सातै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु मनोनितगरिएको छ ।
समितिलाई पार्टीको सिद्धान्त, आदर्श, विधि, विधान, नीती र नियमको अधिनमा रही संगठन सुदृढीकरण र विकासमा सहयोग गर्न सभापति खनालले आग्रह गरेका छन् ।
यता कांग्रेस चितवनले मनोनित गरेको सल्लाहकार समितिमा महिला सहभागीता न्युन गराईएको भन्दै ध्यानाकर्षण जनाईएको छ । १४औं अधिवेशनमा अपनाइएको समावेशी सहभागीता, नीति निर्माण र निर्णय प्रक्रियामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने व्यवस्थालाई ध्यान नदिएको भन्दै कांग्रेस चितवनका महिला नेतृहरुले असन्तुष्टी पोखेका हुन् ।
जिल्ला कार्यसमितिले महिलाहरुलाई असक्षम देखेको हो भन्दै उनीहरुले प्रश्न गरेका छन् । सल्लाहकार समितिमा तीन जना मात्रै महिला सदस्य छन् ।
यस्तो छ ५२ सदस्यीय सल्लाहकार समिति :