चितवन – भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि हातपातको प्रयास भएको छ । आज (बिहीवार) दिँउसो घाँटीको मेजर अप्रेशन सकेर कार्यकक्षमा फर्किएका डा. गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका हुन् ।
उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा. गौतमले बताए ।


‘लामो समयसम्म अस्पताल नआउने, आएपछि राम्रो काम नगर्दा ब्यापक कम्प्लेन आएपछि हामीले काममा नआउन भनेका थियौं’ डा. गौतमले भने, ‘अहिले दलबलसहित अस्पतालभन्दा बाहिरका मानिस मलाई कुट्ने योजनासहित आएका रहेछन् ।घटनाको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल वीपी कोइराला क्यान्सर अस्पताल समितिले घटनाको भर्त्सना गरेको छ ।