माओवादी केन्द्रले एमसीसीका विषयमा चुनावपछि मात्रै छलफल गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले एमसीसीका विषयमा प्रदेश र संघको चुनावपछि मात्रै छलफल गर्ने भएको छ । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रदेश र संघको चुनावपछि गम्भीर छलफल हुने बताएका हुन् ।
एमसीसी १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट हुने क्रममा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरुले प्रश्न उठाएका थिए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै प्रचण्डले असहमतिलाई बैठकमा दर्ज गर्दै केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका थिए । तर बिहीबारको बैठकमा जवाफ दिँदै प्रचण्डले चुनाव गर्ने समय नजिकिँदै आएकाले चुनावपछि मात्रै छलफल गर्नुपर्ने बताए ।
‘अब प्रदेश र संघीय चुनाव आउने बेला भयो । त्यसपछि पार्टीको विशेष महाधिवेशन गर्ने भनेका छौ’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘एमसीसीका विषयमा त्यतिबेला उपयुक्त समयमा छलफल गरेर किनारा लगाउँला ।’



तपाइँको प्रतिक्रिया