बाजुरास्थित बुढीगंगा नगरपालिकाको मतदान केन्द्रमा विवाद, प्रहरीद्धारा हवाई फायर
काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन तनाव सिर्जना भएको छ। जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो । बिहान ११:५५ बजे एउटा मतदान केन्द्रमा तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए।
उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।
गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ ।
विवादकै झडप हुँदा दुई जना घाइते समेत भएको उनले बताए। एक जना नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार भरत थापा घाइते छन्। यस्तै, अर्की एक जना सीता देवी थापा पनि घाइते छिन्। उनी कुन पार्टीकी हुन् भन्ने खुलेको छैन।
तपाइँको प्रतिक्रिया