चितवनको माडिमा जंगली हात्तीले आक्रमणबाट एक जना घाइते

एटुजेड समाचार

चितवन – चितवनको माडिमा जंगली हात्तीले आक्रमणबाट एक जना घाइते भएका छन । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट घाईते भएका उनको बघौडा अस्पतालमा उपचारका लगिएको थियो । उपचारपछी उनलाई अहिले डिस्चार्ज गरी घर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू