उवासंघ र होटल संघ चितवनको वास्तु सेमिनार सम्पन्न

एटुजेड समाचार

नारायणगढ – उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा नारायणगढमा वास्तु सेमिनार सम्पन्न भएको छ ।

व्यवसायमा आर्थिक प्रगतिको लागि वैज्ञानिक वास्तुको भूमिका विषयक उक्त सेमिनारमा सोती वास्तुका विशेषज्ञ लक्ष्मि प्रसाद सोतीले वास्तुसास्त्रको बारेमा प्रशिक्षण दिएका थिए ।
आफ्नो प्रस्तुती राख्दै प्रशिक्षक सोतीले वास्तु, यसको आवश्यकता, प्रभावलगायतका बिषयमा जानकारी गराएका थिए । उनले विशेषगरि घर, कार्यालय, उद्योग लगायतका क्षेत्रमा आर्थिक एवं सम्पुर्ण किसिमका लाभको लागि अपनाउनु पर्ने वास्तुसास्त्रका नियमको बिषयमा जानकारी गराएका थिए ।

वास्तुसास्त्र कुनै धर्मसँग सम्बन्धित नभएको भन्दै सोतीले यसलाई विज्ञानले पनि प्रमाणित गरेको बताए । वास्तु एक प्रकारको उर्जा भएको बताउँदै उनले वास्तु मिलाएर मात्रै सफल हुन सकिने दावी गरे । उनले नयाँ घर निर्माण गर्दा अपनाउनु पर्ने वास्तुको नियमको वारेमा व्याख्या गरेका थिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष चिरन्जीवी सुवेदी, शिरिस पन्त, होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु वराल, कमल शर्मा गौतम लगायत उवासंघ चितवन र होटल व्यवसायी संघका पदाधकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु