पछिल्लो २४ घण्टामा देशभर थपिए ४० कोरोना संक्रमित

एटुजेड समाचार

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४० जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार १० वटा नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

आज १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३४८ पुगेको छ ।एक लाख ४४ हजार ६६६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु