चितवन – चितवनमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका कमानेका ३२ वर्षीय सुरज बस्नेत रहेका छन् ।
आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका ५ बुडौली आएका सुरजलाई आज (सोमबार) खोलाले बगाएको हो । उनी आज बिहान १० बजे ११ वर्षीय भान्जा मुकेश पौडेलसँग घर नजिकै रहेको ढुम्रे खोलामा नुहाउन गएका थिए ।



खोलामा नुहाउने क्रममा बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शव दुई सय मिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ ।