नगर प्रहरीलाई हातापात गरेको भन्दै फुटपाथमा मकै बेच्ने दम्पतीमाथि थप कारवाही हुने

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने दम्पतीलाई महानगरले थप कारबाही गर्ने भएको छ । शुक्रबार नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका चेतेन्द्र आचार्य र सीता आचार्यलाई महानगरले थप कारवाही गर्न भएको हो ।

उनीहरुलाई मकै बेच्दै गर्दा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गरेका थिए । उक्त घटनाको गर्दै भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकोले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु