भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’ को उपाधि

एटुजेड समाचार

काठमाडौं – हिपहप र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

उपाधिका लागि काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिश क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।उपाधि बिजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

दोस्रो भएका जेनिशले पाँच लाख रुपैयाँ नगद र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । शोको निर्णायक काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानश घले हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु