चितवन – चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज (शनिबार) विहान ८ बजेको समयमा खैरहनी नगरपालिका नगरपलिका वडा नम्बर १३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँसकाट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङ घाइते भएकी हुन् ।
बाघको आक्रमणबाट गम्भिर घाइते भएकी गुरुङलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


