नारायणगढको लायन्सचोकमा वेष्ट वान एजुकेशन सञ्चालनमा
चितवन – चितवनमा वेष्ट वान एजुकेशन एण्ड भिसा सर्भिस सञ्चालनमा आएको छ ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको लायन्सचोकस्थित केएल मलबाट वेष्ट वानले सेवा शुभरम्भ गरेको हो । वेष्ट वानको शुक्रबार एक कार्यक्रमकाबीच अष्ट्रेलियास्थित स्काईलाइन कलेजका कन्ट्री म्यानेजर सन्तोष बस्नेतले उद्घाटन गरे ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके र अमेरिका जान चाहने विद्यार्थीहरुले वेष्ट वानबाट परामर्श लिन सक्नेछन् । यस अघि ओली एण्ड एसोसिएटको शाखाको रुपमा सेवा दिँदै आएकोमा शुक्रबारबाट छुट्टै संस्थाको रुपमा वेष्ट वानले सेवा शुभरम्भ गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले ओली एण्ड एसोसिएटसँग लामो समय सहकार्य गरेको भन्दै वेष्ट वानसँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।
उनले वेष्ट वानले नयाँ संस्थाको रुपमा सेवा सुरु गरे पनि पुरानै सहकार्यलाई निरन्तरता दिईने बताए । वेष्ट वान नयाँ शैक्षिक परामर्शदातृ संस्थाको रुपमा जन्मिएको भन्दै यसलाई हुर्काउन सबैको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।
वेष्ट वानका प्रवन्ध निर्देशक सरोज गौतमले विद्यार्थीहरुलाई दिईने परामर्श र भिसा प्रकृयालाई थप सहज बनाउन छुट्टै संस्थाको रुपमा सेवा सुरु गरिएको बताए । ‘ओली एण्ड एसोसिएटसँग लामो समय सहकार्य गरेर काम गर्यौं । धेरै विद्यार्थीलाई उच्च शिक्षाका लागि पठायौं । विद्यार्थीहरुको सहजताका लागि यहीबाट सबै सेवा दिन हामीले हामीले वेष्ट वान स्थापना गरेका हौं’, उनले भने ।
उनले निकट भविष्यमा नै शाखा विस्तारको योजना रहेको पनि उनले बताए । काठमाडौं, बाग्लुङ, बुटवललगायत देशका मुख्य आठ शहरमा शाखा विस्तार गरिने उनले बताए । यस्तै अष्ट्रेलियाको मेल्वर्न, पर्थलगायतका तीन मुख्य शहर तथा क्यानडा पनि शाखा विस्तार गरिने उनले जनाकारी दिए ।
वेष्ट वान नै किन ?
सही र विश्वसनीय परामर्शका लागि वेष्ट वान विद्यार्थीको पहिलो रोजाईमा पर्ने प्रवन्ध निर्देशक गौतमको भनाइ छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके र अमेरिका जान चाहने विद्यार्थीहरुलाई उनीहरुको अपेक्षा र ति देश पुगेपछिको अवस्था बारे प्रष्ट पारेर मात्रै अन्य प्रकृया अघि बढाईने उनले बताए ।
दक्ष शिक्षकबाट आईएलटिएस, पिटीईलगायतका कक्षा सञ्चालन हुने भएकोले विद्यार्थीको रोजाईमा पर्ने उनको विश्वास छ । यस अघि ओली एण्ड एसोसिएटको रुपमा सेवा दिँदा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनका अष्ट्रेलियासहितका देश पठाएको अनुभव उनीसँग छ । ति विद्यार्थीहरु सन्तुष्ट नै रहेको उनको भनाइ छ ।
अगामी दिनमा पारिवार वातारणसहित विद्यार्थी केन्द्रित भएर सेवा दिने उनले प्रतिवद्धता जनाए । यस्तै विद्यार्थीलाई नेपालदेखि अष्ट्रेलिया लगायतका देश पुगिसकेपछि पनि आवश्यक परामर्श र सहयोग गर्ने समेत उनले बताए । विद्यार्थीलाई आवश्यक परे कुनै पनि समयमा परामर्श सेवा दिन आफुहरु तयार रहने उनले बताए ।
‘हामी यहाँबाट परामर्श गरेर पठाउने मात्रै होइन, त्यहाँ पुगेपछि पनि कुनै समस्या भए आवश्यक सहयोग गर्छौं । कहिले काही आर्थिक समस्या हुन सक्छ । त्यस्तो अवस्थामा घरबाट पैसा पठाउन सहज हुँदैन । हामी त्यस्तो समयमा पनि मिलाउने प्रयास गर्छौं’, उनले भने ।
सामाजिक सेवामा पनि सक्रिय हुने
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्शका साथै सामाजिक कार्यमा पनि सक्रिय रहने गौतमले बताए । व्यवसायिक मात्रै नभई सेवामूलक तरिकाले अघि बढ्ने उनले बताए । छिट्टै सामाजिक कार्यक्रमहरु घोषणा गरेर अघि बढ्ने उनले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया