प्रचण्ड र राजेश हमालबीच भेटवार्ता, के माओवादीमा प्रवेश गर्दैछन् महानायक ?

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।
आज (शुक्रबार) बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । भेटको अवसर संगीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उनका अनुसार भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको सापकोटाले जानकारी दिए । हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए ।



तपाइँको प्रतिक्रिया