चितवन अदालतद्धारा बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई कैद सजाय
चितवन – बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई चितवन जिल्ला अदालतले कैद फैसला सुनाएको छ ।
अदालतले पीडित भनिएकी तनहुँको देवघाट गाउँपालिका ६ कि ७ वर्षीया बालिकाकी आमालाई कैद फैसला सुनाएको हो । बालिकालाई गत चैत ४ गते नरायणी नदीकिनारमा नुहाउन जाने क्रममा भरतपुर ४ का ५८ वर्षीया नारायण खनालले बलात्कार गरेको भनी आमाले प्रहरीमा निवेदन दिएकी थिईन् ।
चैत ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कार भएको भन्दै बयान दिएको तर अदालतमा बकपत्रमा बयान फेरेपछि पीडित भनिएको पक्षलाई १५ दिनको कैद सजाय भएको हो । अदालतका श्रेष्तेदार तथा सूचना अधिकारी ईश्वर आचार्यका अनुसार बलात्कारको मुद्दा बयान फेरेको भन्दै न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बुधवार कैद सजाय फैसला सुनाएको हो
आरोपित खनालले सफाइ पाएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ उपदफा २२ को खण्ड ‘क’ अनुसार जाहेरवालालाई १५ दिन कैद हुने श्रेष्तेदार आचार्यले बताए।
तपाइँको प्रतिक्रिया