चितवन राष्ट्रिय निकुञ्जले छोड्यो नियन्त्रणमा लिएको चार वटा बाघ
चितवन – चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा आनिबानीमा सुधार आएको भन्दै चार वटा बाघलाई छोडेको छ ।
निकुञ्जले चालु आवमा विभिन्न घटनामा मानिसको ज्यान लिने ६ वटा बाघलाई नियन्त्रणमा लिएको थियो । ति मध्य चार वटालाई छोड्दा छोडेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अब निकुञ्जको सौराहास्थित पूर्वी सेक्टर र निकुञ्जको मुख्यालय कसराको खोरमा गरेर तीनवटा मात्रै बाघ छन् ।
निकुञ्जले समातेर खोरमा थुनेको एक बाघको मृत्यु भएको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जसँग चार बटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । खोरको अभाव हुन देखेपछि निकुञ्जले आनीवानी सुधार भएका भन्दैं मानिस माथि आक्रमण गर्ने बाघलाई पनि छाड्ने गरेको छ ।
चालु आवमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मात्रैं १६ जना मारिए । अघिल्लो बर्षको तुलनामा यसबर्ष बाघको आक्रमण बढ्क्को छ । चालु आवमा पूर्वी चितवनको खैरहनी र राप्ती, पश्चिम चितवनको देवनगर, जगतपुर र मेघौलीमा बढि मात्रामा बाघले आक्रमण गरेको थियो ।
तपाइँको प्रतिक्रिया