चितवनको मनाइयो १९ औँ राष्ट्रिय धान दिवस
चितवन – चितवनमा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन र कृषि ज्ञान केन्द्र चितवनले आज (बुधवार) खैरहनीमा मेसिनबाट धान रोपेर धान दिवस मनाईएको हो ।
ज्ञान केन्द्र चितवनले ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ विगतमा झै यस बर्ष पनि धान दिवस मनाएको हो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले खैरहनी नगरपालिका १३ मा मेसीनबाट धान रोप्दै धान दिवसको शुभारम्भ गरेका हुन् ।
त्यस्तै आजै नै भरतपुर २५ मा प्रतियोगितात्मक कार्यक्रम सहित युवा आधुनिक सामुहिक फार्ममा धान रोपेर दिवस मनाईेको छ । यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन मनाएको छ ।
पछिल्लो सयम कृषकहरुले जनशक्ति कम प्रयोग हुने हुँदा आधुनिक औजारहरु प्रयोग गर्न थालेको कार्यालयका सूचना अधिकारी माधब पौडेलले बताए । धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएको उनले बताए ।
त्यस्तै असार १४ गते सम्म जिल्लामा २५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । पूर्बी चितवनमा ४५ प्रतिशत, पश्चिम चितवनमा ५ प्रतिशत र माडीमा २० प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।
तपाइँको प्रतिक्रिया