भरतपुरको चनौलीमा खुल्ला रक्तदान कार्यक्रम, १०६ जनाले गरे रक्तदान
भरतपुर – जिल्लामा रगतको बढ्दो अभावलाइ कम गर्न पश्चिम चितवनको चनौलीमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेरेसो उपशाखा चनौली र लायन्स क्लब अफ चनौलीको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
लक्ष्मी वैंकको चनौली शाखाले रक्तदान कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गरेको हो । भरतपुर १८ चनौली बजारमा आयोजित कार्यक्रममा १५ महिला र ९१ पुरुष गरि १०६ जनाले रक्तदान गर्नु भएको छ ।
आज आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् भरतपुर १८ का वडा अध्यक्ष बाबुराम राना मगरले जिल्लामा रगतको अभाव हुँदै जादा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा नेरेसो उपशाखा चनौलीलाइ र सहयोगी संस्थालाइ प्रसन्नता व्यक्त गर्नु भयो । रगत दान भन्दा ठुलो अरु दान हुन नसक्ने बताउनु हुर्दै उहाले यस्ता सामाजिक कार्यमा आफु र वडा बाट हरकदममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसै गरि कार्यक्रमा भरतपुर २० का वडा अध्यक्ष मुक्ती घलेले आफ्नो अमुल्य रगत दान गर्ने स्वयंसेवक, रक्तदाता लगायत अन्य सहयोगीहरुलाइ धन्यवाद दिनुभयो ।
नेरेसो केन्द्रिय सदस्यद्वय महेन्द्र राज श्रेष्ठ, शिला परियार, नेरेसो चनौली उपशाखा सभापति ओम प्रसाद लामिछाने, लक्ष्मी बैंक चनौली शाखाका प्रबन्धक दिनेश अधिकारी, लायन्स क्लब अफ चनौलीका अध्यक्ष एकनारायण पौडेल लगायतका विशिष्ट अतिथिहरुको कार्यक्रममा उपस्तिथि रहेको थियो रक्त संकलन समितिका संयोजक कालिका खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमलाइ नेरेसो चनौली उपशाखाका सचिव चुडामणि पौडेलले सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया