ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने
काठमाडौं – गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् ।
एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्ध भएका हुन् । निर्मात्री निता ढुङ्गानाले ब्रह्मानन्दम ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएको जानकारी दिएकी छन् ।
निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।
तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’बाट चर्चित छन् । नेपाल र भारतमा खिचिने ‘ह्रस्वदीर्घ’मा धनन्जय घलानी कास्टिङ निर्देशक छन् । असोजदेखि छायांकन सुरु हुने फिल्मलाई भारतको चर्चित फिल्म स्टुडियो रामोजीमा समेत सुटिङ गरिने भएको छ । हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेतको फिल्ममा मुख्य अभिनय रहनेछ ।
तपाइँको प्रतिक्रिया