पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

एटुजेड समाचार

रुपन्देही – पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालन आएको हो ।

एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए।
प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास गरेको जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु