नवलपुर – वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएको छ।
आज (मंगलबार) नवलपरासीको सुनवलमा निर्माणाधीन सडकको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। पश्चिम नवलपारासीको अरुण खोलामा आएको बाढीले क्षति पुग्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।


यस्तै पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पनि अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।