मुग्लिन नजिक पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग दुबैतर्फी खुल्यो

एटुजेड समाचार

चितवन – पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग दुबैतर्फी रुपमा सुचारु भएको छ ।

अवरुद्ध सडक बिहान ९ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा आज बिहान ८:३० बजे पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाउने क्रममा माथिबाट ढुङ्गा खसेर डोजरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु