चितवन – चितवनमा दुई कार एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । आज सोमबार बेलुकी ५ः५० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलस्थित पूर्व पश्चिम सडक खण्डमा दुई कार एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् ।
भरतपुरबाट रत्ननगर टाँडीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च २८३९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा २५ च २५२२ नम्बरको कार एकापसमा ठक्कर खाँदा बा २५ च २५२२ नम्बरको कार चालक पर्सा वीरगञ्ज महानगरपालिका २५ बस्ने २५ वर्षीय सुनिल पटेल र सोही कारमा सवार सोही ठाउँका ६० वर्षीय ताराचन्द्र प्रसाद पटेल घाइते भएका छन् ।



कार चालक पटेल छातीमा चोट लागी गम्भीर घाइते भएका छन् । दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी)मा उपचार भइरहेको प्रहरीले जनाएको छ । २८३९ नम्बरका कार चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
फाईल तस्विर