आज बागमती प्रदेशसभा बैठक बस्दै

एटुजेड समाचार

हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।

मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्दै बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू