चितवन – पहिरोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा अबरुद्द बनेको सडक दिउँसो ३ बजेबाट सन्चालनमा आएको हो ।
मुग्लिन नजिकै नाग्दी खोलामा आज मध्यान्ह १२:१० बजे पहिरो खसेको थियो । पहिरोले खस्दा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।पहिरो पन्छायसंगै करिब ३ घण्टापछी सडक सन्चालन आएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।


