केन्पो खुकुरी मार्शल आर्ट्स संघ चितवन पुनर्गठन, अध्यक्षमा न्यौपाने

एटुजेड समाचार

चितवन – नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ चितवन पुनर्गठन भएको छ । आज (आइतबार) भरतपुर ७ स्थित चेतना भिलेजमा बसेको बैठकले संघ पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकले संघको अध्यक्षमा श्रीकृष्ण न्यौपानेलाई चयन गरेको छ । उपाध्यक्षमा सविन अधिकारी र हरिबहादुर खड्का, सचिवमा सुबास सुवेदी र कोषाध्यक्षमा सन्दिप अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डम्बरबहादुर गुरुङ, किरण मरहट्ठा, अनिल गिरी, प्रदिप पराजुली, सागर कुमाल, बिमर्श घिमिरे र नगेन्द्र अधिकारी रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु