मुग्लिन नजिक नाग्दी खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

एटुजेड समाचार

चितवन – चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा सुख्खा पहिरो खसेको छ ।

मुग्लिन नजिकै नाग्दी खोलामा आज (आइतबार) मध्यान्ह १२:१० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले खस्दा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक बिभागसँगको समन्वयमा पहिरो हटाउने कार्य सुरु भएको छ । सडक सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु