भरतपुर – भरतपुर विमानस्थलको टावरनजिक बिजुलीको तारमा करेन्ट सर्ट भई एक्कासि लागेको आगो नियन्त्रणमा आएको छ । आज (आइतबार) बिहान ३ः४० बजेको समयमा लागेको आगलागीबाट बिजुलीको तार, टेलिफोनको तार र इन्टरनेटको तारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जनाकारी दिए ।
विमानस्थलको टावरमा केही नभएको र आगलागीमा कुनै मानवीय क्षति भएको छैन । आगलागी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा बिहान ३ः५० बजेको समयमा आगो नियन्त्रणमा आएको प्रवक्ता अधिकारीले बताए ।


