नागरिक लगानी कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कोषको शनिबार बेलुका बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।समितिले सेयरधनी लगानीकर्ताहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त लाभांश भने कोषको आगामी साधारणसभामार्फत पारित भएसँगै अर्थ मन्त्रालयको स्वीकृति पश्चात् वितरण हुनेछ। लाभांश वितरण पश्चात कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड पुग्नेछ। हाल कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रहेको छ।