अर्घाखाँची – अर्घाखाँचीमा दाइजो कम ल्याएको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरी बस्ने कमल भुसालले आफ्नी श्रीमतीलाई दाइजो कम ल्याएको भन्दै हत्या गरेका हुन् ।
दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि २७ वर्षीय सरु भट्टराई भुसाललाई विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमानले तनाव दिदै आएका थिए ।शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।


प्रहरीले श्रीमतीको हत्या गरेका कमललाई पक्राउ गरेको छ । त्यस्तै उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । सरू र कमलको एक वर्षको छोरा छन् ।