भरतपुरमा माछा मार्ने क्रममा पोखरीमा डुबेर युवक बेपत्ता

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरमा पोखरीमा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका २ आँपटारीका २४ वर्षीय राम रिजाल बेपत्ता भएका हुन् ।

आज (शुक्रबार) बिहान १०:३० बजे भरतपुर १ बागेश्वरी स्थित जमेको पोखरीको पानीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । माछा मार्न हानेको बल्छी अड्किएपछि उनी पोखरीमा पसेका थिए । पोखरीमा प्रवेश गरेपछि डुबेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक कमाण्डमा बिपद व्यवस्थापन सहितको उद्दार टोली खटिएको छ । उनको खोजी कार्य भइरहेको र अहिलेसम्म फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु