बारामा पाँच वर्षीया बालिका बलात्कृत, आरोपित पक्राउ

एटुजेड समाचार

बारा – बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई राति पक्राउ परेका छन् ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू